Prithvi Narayan Campus, Pokhara, Nepal

मतदाता नामावली प्रकाशन गरिएको बारे सूचना ।

यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको स्ववियु निर्वाचन २०७९ का लागि मतदाता नामावली देहायबमोजिम प्रकाशित गरिएकोले उक्त सूचीमा कुनै विद्यार्थीको नाम, थर, कक्षा, रोल नं., सेमेस्टर/वर्ष छुट/फरक पर्न गएको भएमा मिति २०७९ फागुन २५ गते अपराह्न ४ः०० बजेभित्र सप्रमाण दावी विरोध गर्नुहुन सूचित गरिन्छ । साथै मतदाता सूची उपर दावी विरोधको छानविन गरी अन्तिम नामावली प्रकाशन मिति २०७९ फागुन २६ गते अपराह्न १ः०० बजे गरिने र सोही दिन अपराह्न २ः०० बजेदेखि ५ः०० बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारीका लागि मनोनयन पत्र वितरण गर्ने गरी निर्वाचन समितिको मिति २०७९ फागुन २१ गतेको बैठकको निर्णयद्वारा निर्वाचन कार्यतालिका संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

प्रा.डा.विकास के.सी.
 निर्वाचन अधिकृत

 

Published by: Administration
Published on 2023-03-05

Download Full Text