Prithvi Narayan Campus, Pokhara, Nepal

आवश्यकतासम्बन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय कर्मचारी प्रशासन महाशाखाको प.सं.फा() क.प्र.म.शा (२) च.नं. ३८४७, मिति २०७९।१०।२९ को पूर्व स्वीकृति प्रदान गरिएकोसम्बन्धी पत्रानुसार यस क्याम्पसको आवश्यकता, औचित्यता, जेष्ठता, निरन्तरता, अनुभव र तोकिएको पूर्ण कक्षाभार लिएको आधारमा त्रि.वि.कार्यकारी परिषदको मिति २०७८।११।२० को निर्णय नं. १२९३ ले निर्देशन गरेबमोजिम प्रक्रिया पुरा गर्ने शर्तमा हाल कार्यरत त्रि.वि.को नीतिबमोजिम १० जना भन्दा कम विद्यार्थी भएको विषयको कक्षाभार गणना नगरी कम्तीमा एक शैक्षिक सत्र पूर्ण कक्षाभार लिएका आंशिक शिक्षकहरुमध्येबाट तपसिलमा उल्लिखित विषयहरुमा शिक्षण सहायक सरह पारिश्रमिक पाउने गरी आंशिक शिक्षकहरुका लागि दरखास्त आह्वान गरिएको हुँदा इच्छुक आंशिक शिक्षकहरुले यसै क्याम्पसमा रु १०००।— को शुल्क तिरी कर्मचारी प्रशासन शाखाबाट आवेदन फाराम लिई विवरण भरी मिति २०७९ फागुन २१ गते आइतबार ५ बजेभित्र दरखास्त फाराममा उल्लेख भएबमोजिमका कागजातहरुसहित सोही शाखामा बुझाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

क्र.सं.     विषय              सङ्ख्या

१.      अर्थशास्त्र            १(एक)

२.      भूगोल                २(दुई)

३.     गणित/गणित शिक्षा १(एक)

४.      मानवशास्त्र        १(एक)

५.      विज्ञान शिक्षा      १(एक)

६.      समाजशास्त्र       १(एक)

७.      बनस्पतिशास्त्र   १(एक)

८.      भूगर्भशास्त्र        १(एक)

 

पुनश्चः अन्तरवार्ता मिति पछि प्रकाशित गरिने छ ।

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2023-02-27

Download Full Text