Prithvi Narayan Campus, Pokhara, Nepal

विद्यार्थी भर्नासम्बन्धी अत्यन्तै जरुरी सूचना !

त्रिभुवन विश्वविद्यालय त्रि.वि.सभा तथा कार्यकारी परिषद्को सचिवालयद्वारा प्रेसित स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका—२०७९ अनुसार “त्रि.वि.ले स्व.वि.यु निर्वाचन तालिका तोकिएको निर्वाचन मितिभन्दा ३० दिन अगावै प्रकाशन गर्नेछ । निर्वाचन कार्य तालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई मात्र मतदाता नामावलीमा समावेश गर्नुपर्नेछ । अन्यको हकमा मतदाता नामावली प्रकाशित हुने मितिभन्दा २(दुई) दिन अधिसम्म नियमानुसार भर्ना भएका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गरिने छ” भन्ने भए बमोजिम स्नातक तह प्रथम वर्षको भर्ना गर्ने अन्तिम मिति २०७९ फागुन ४ गतेसम्म भएको तर उक्त दिन गण्डकी प्रदेश स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक विदा परेकाले भर्ना मिति २०७९ फागुन ५ गते शुक्रवार कार्यालय समयसम्म राखिएको ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 


प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2023-02-15

Download Full Text