Prithvi Narayan Campus, Pokhara, Nepal

कार्य सम्पादन मुल्याङ्कन फाराम भर्ने सम्वन्धी सूचना

त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्वन्धी नियम, २०५० को परिच्छेद २ दरवन्दी सिर्जना र पदपूर्ति सम्वन्धी नियम ७ मा शिक्षक, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन वार्षिक रुपमा गरिने ब्यवस्था भएकाले यस क्याम्पसमा कार्यरत स्थायी शिक्षक (प्रथम श्रेणी र सो भन्दा मुनीका श्रेणीका) र कर्मचारीहरु (अधिकृत प्रथम श्रेणी र सो भन्दा मुनीका श्रेणीका) को आ.व.२०७८/०७९ को कार्यसम्पादन मूल्याङ्कन फाराम (२प्रति) मिति २०७९ पौष मसान्तसम्ममा भरी कर्मचारी प्रशासन शाखामा बुझाउनुहुन सूचित गरिन्छ । फाराम कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिने छ ।
पुनश्चः 
— अघिल्लो बर्ष कार्य सम्पादन मुल्याङ्कन फाराम भर्न छुटेका शिक्षक/कर्मचारी, चालु आ.व.मा           
  सरुवा भई आउने शिक्षक, कर्मचारीहरुको पनि हाल कार्यरत रहेकै कार्यालयबाट कार्यसम्पादन               
  मूल्याङ्कन फारम भर्नुपर्ने छ ।
— बैदेशिक तालिम,गोष्ठी वा अध्ययन भ्रमण आदिमा काजमा गएका शिक्षक, कर्मचारीको पनि   
   आधिकारीक इमेलबाट फाराम भरी पठाउन सकिने छ ।


प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख
 

Published by: Administration
Published on 2022-12-27

Download Full Text