Prithvi Narayan Campus, Pokhara, Nepal

विज्ञप्ति ।

हामी सबैलाई विदितै छ आज कोरोनाका कारण अत्यन्तै असहज अवस्थामा हामी गुज्रिरहेका छौँ । यही असहजताले अन्य शैक्षिक संस्थाजस्तै यस पृथ्वीनारायण क्याम्पस पनि आˆना दैनिक कार्यहरू भौतिक रूपमा उपस्थित भई सञ्चालन गर्न असमर्थ भएको छ । त्रिभुवन विश्वविद्यालयले यही असहजतालाई विचार गरेर अघिल्लो वर्षबाट प्रविधिमार्फत अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीहरूलाई पठनपाठन गराउँदै आएको छ । जसको परिणाम हाम्रो क्याम्पस अनलाइन कक्षा सञ्चालनका तहमा त्रि.वि. का सम्पूर्ण आंगिक क्याम्पसहरूमध्ये अग्रस्थानमा रहेेको ब्यहोरा सहर्ष जानकारी गराउन चाहन्छु । यसै बिच दोस्रो चरणको लकडाउनका कारण भौतिक रूपमा कक्षा सञ्चालन गरी शैक्षिक सेवा दिन हामीलाई कठिनाइ भएकाले यसको बैकल्पिक रूपमा अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीहरूलाई पठनपाठन गराउन क्याम्पस प्रशासनले सम्पूर्ण तयारी पूरा गरी कक्षाभार समेत तोकिसकेको कुरा यहाँहरू सबैमा विदितै छ । अनलाइन कक्षामार्फत कक्षा सञ्चालन गरी जिम्मेवारी पूरा गरिरहनुभएका सम्पूर्ण प्राध्यापकज्यूहरू तथा अन्य सम्बन्धित व्यक्तित्वहरू सबैमा क्याम्पस प्रशासन हार्दिक आभार व्यक्त गर्दछ ।  यस असहज परिस्थितिमा विद्यार्थीहरूले देखाएको धैर्यताका लागि क्याम्पस प्रशासन धन्यवाद प्रकट गर्दछ । साथै आˆनो अनलाइन कक्षामा कुनै समस्या भए वा कक्षा सञ्चालन नभएको भए सम्बन्धित प्राध्यापक, विभागीय प्रमुख तथा सहायक क्याम्पस प्रमुखज्यूहरूसँग सम्पर्कमा रही अनलाइन कक्षालाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न पनि समस्त विद्यार्थीहरूमा म अनुरोध गर्दछु ।

 यसैबिच आंशिक प्राध्यापकहरूले मिति २०७८ जेठ २ गतेको विज्ञप्तिमार्फत प्राप्त सूचनाअनुसार आफूहरूले अनलाइन कक्षा लिन असमर्थ रहेको कुराको हामीलाई जानकारी प्राप्त भयो । आˆनो पेशागत माग राखी विगत लामो समयदेखि गर्दै आउनुभएको आन्दोलन र त्यसबाट सिर्जित परिणतिका बारेमा सबै आंशिक प्राध्यापकहरू अवगत नै हुनुहुन्छ । क्याम्पस प्रशासनले आन्तरिक स्रोतबाट कति जनशक्तिलाई परिचालन गर्न सक्छ त्यसको सम्पूर्ण विवरण त्रि.वि. केन्द्रीय प्रशासनमा बुझाइसकेको कुरा पनि यहाँहरूलाई जानकारी नै छ । साथै अघिल्लो वर्षको अनलाइन कक्षा लिए वापतको पारिश्रमिक नपाएको जुन गुनासो यहाँहरूले राख्नुभएको छ, त्यसमा क्याम्पस प्रशासनले प्रशासनिक रूपमा विवरणहरू अभिलेख गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । अनलाइन कक्षा लिएको हाजिरी रेकर्ड प्राप्त नहुँदा प्रशासनलाई पारिश्रमिक दिन अप्ठ्यारो भएको हो तर पनि कक्षा लिइसक्नुभएका आंशिक प्राध्यापकहरूको विवरण तयार गर्न सम्बन्धित विभागीय प्रमुख र आंशिक प्राध्यापकले समन्वय गरी सहायक क्याम्पस प्रमुखमार्फत क्याम्पसमा विवरण उपलन्ध गराउन प्रशासनबाट निर्णय भैसकेको छ । अहिले कोरोनाको संवेदनशील अवस्थाले गर्दा लकडाउनका कारण क्याम्पस प्रशासन सञ्चालन गर्न कठिनाइ भएको छ ।  विवरणहरू आइसकेपछि तिनीहरूको हाजिरी रेकर्ड हेरी तत्कालै भुक्तानी दिने र हाजिरी रेकर्ड नभेटिएको अवस्थामा केन्द्रसँग समन्वय गरी बाँकी सबैको यथाशीघ्र भुक्तानी गर्ने भन्ने निर्णय प्रशासनले गरिसकेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छु । यस असहज परिस्थितिमा विगतमा जस्तै यहाँहरूको सोही विवेकपूर्ण सेवा क्याम्पसले विशेष रूपमा चाहेको छ र यहाँहरूले अनलाइन कक्षा लिएर पठनपाठन कार्यलाई सहज बनाउनुहुनेछ भन्ने कुरामा क्याम्पस प्रशासन विश्वास गर्दछ ।

अन्त्यमा यस असहज परिस्थितिमा सबैले आफूलाई यो महामारीबाट सुरक्षित रहन विशेष सतर्कता अपनाई दैनिक जीवनलाई क्रियाशील गराउन यहाँहरू सबैमा विनम्र अनुरोध छ ।

 

                                                                                                                                 प्रा.डा. सरोज कोइराला

                                                                                                                                  क्याम्पस प्रमुख

                                                                                                                                          तथा

                                                                                                                        पृथ्वीनारायण क्याम्पस परिवार

Published by: Administration
Published on 2021-05-23

Download Full Text