Prithvi Narayan Campus, Pokhara, Nepal

नतिजा प्रकाशन सम्बन्धी सूचना ।

यस क्याम्पसको व्यवस्थापन संकायतर्फ सञ्चालित BBA Program २०७७/०७८ को भर्नाको लागि त्रि.वि. व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७७/११/१५ मा  लिइएको CMAT, शैक्षिक प्रमाणपत्रको औसत प्रतिशत र मिति २०७७/११/२४ मा लिइएको अन्तर्वार्ताका आधारमा विद्यार्थीहरुलाई छनौट गरिएको छ । छनौट भएका विद्यार्थीहरुलाई मिति २०७७ चैत्र २ गते दिउँसो २ बजेसम्म भर्ना हुन सूचित गरिन्छ । उक्त अवधिभित्र आवश्यक विद्यार्थी भर्ना नभएमा क्रमशः प्रतिक्षा सूचिको Merit List बाट मिति २०७७ चैत्र ४ गते ४ बजेसम्म भर्ना हुन पाउने व्यहोरा समेत सूचित गरिन्छ । 

पुनश्च : छात्रवृत्तिमा छनौट भएका विद्यार्थीले समेत २०७७ चैत्र २ गते १२ बजेभित्र भर्ना हुनुपर्ने छ । अन्यथा प्रतिक्षा सूचीबाट भर्ना कोटा पूरा गरिनेछ । 

CMAT उत्तिर्ण बिद्यार्थीहरुले जनप्रशासनतर्फ BPA (Bachelor of Public Administration) कार्यक्रममा सिमित सिट संख्यामा भर्ना भई अध्ययन गर्न पाउने हुँदा पहिला आउने विद्यार्थीहरुले प्राथमिकताका आधारमा भर्ना हुन सक्नेछन् ।

 

नतिजा लिष्ट तलको Download Full Text लिंकबाट डाउनलोड गरी हेर्न सकिनेछ ।

 

प्रा.डा.सरोज कोइराला 

क्याम्पस प्रमुख  

Published by: BBA Programme
Published on 2021-03-08

Download Full Text