Prithvi Narayan Campus, Pokhara, Nepal

B.Sc.भर्ना २०७७ का लागि आवेदन फर्म भर्ने सूचना !

यस क्याम्पसको विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत शैक्षिक वर्ष २०७७ तर्फ स्नातक तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरुका लागि निम्नानुसारको प्रवेश परीक्षा सम्वन्धी कार्यक्रम भएकाले  सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रवेश परीक्षा सम्वन्धी कार्यक्रम:—

 

१. आवेदन फारम वितरण : मिति २०७७ माघ २९ देखि ।

२. आवेदन फारम बुझाउने अन्तिम मिति : मिति २०७७ फाल्गुण २८ गतेसम्म ।

   अन्तिम मिति पश्चात मिति २०७७ चैत्र ५ सम्म दोब्बर दस्तुर तिरी आवेदन फारम बुझाउन सकिने छ ।

३. प्रवेश परीक्षा शुल्क : रु १२००।— 

४. प्रवेश परीक्षा मिति र समय : २०७७ चैत्र १४ गते शनिवार ।

Biological Group  : विहान ८:०० बजेदेखि १०:०० बजेसम्म ।

Physical Group      : विहान ११:०० बजेदेखि १:०० बजेसम्म ।

५. प्रवेश पत्र वितरण            : २०७७ चैत्र ४ गतेदेखि ।

६. कक्षा संचालन                : २०७७ चैत्र २७ गतेदेखि ।

७. आवेदनका लागि न्यूनतम योग्यता :  I.Sc., +2 Science , A Level वा सो सरहको परीक्षा उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने छ । Biological Group मा अध्ययनका Chemistry, Biology, Physics र English तथा  Physical Group का लागि Chemistry, Math, Physics र English मा २००/२०० पूर्णाङ्कको अध्ययन गरी Final Grade C(ग्रेड प्वाइन्ट २) ल्याई उर्त्तिण गरेको हुनुपर्ने छ । A Level को लागि न्यूनतम E ग्रेड हुनुपर्ने छ ।

८. प्रवेश परीक्षा पास गरेका विद्यार्थीहरुले निर्धारित कोटाभित्र रही मेरिट बेसिसका आधारमा भर्ना हुन सक्नेछन ।

 

पुनश्च: आवेदन फारमका लागि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको Website www.tuiost.edu.np बाट Download गरी वा प्रवेश परीक्षा शुल्क बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट लिन सकिने छ ।

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-02-11

Download Full Text