Prithvi Narayan Campus, Pokhara, Nepal

शिक्षक आवश्यकता सम्वन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस कानून संकायअन्तर्गत संचालित ५वर्षे वी.ए.एलएल.वी. कार्यक्रममा निम्न बमोजिमका विषयहरु समेतको अध्यापनका लागि शिक्षकहरुको आवश्यकता भएकोले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्र सहित मिति २०७७ माघ १८ गते भित्र दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु १०००।— (एक हजार मात्र) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रित नपुगेको आवेदन फारम उपर कुनैपनि कारवाही गरिने छैन ।

आवश्यक न्यूनतम योग्यता : कानूनमा स्नातकोत्तर तह न्यूनतम द्वितिय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

संख्या : ३ (तीन) जना ।

अध्यापन गर्नुपर्ने विषयहरुः

1. Profossional ethies & lawyering skills = 3 Credit

2. Private international law = 3 Credit

3.(a) Media Law          = 3 Credit     Optional subjects

    (b) Investment Law = 3 Credit     Optional subjects

4. Nepalese legal System = 3 Credit, 2 Group= 6 Credit

5. Family Law = 3 Credit, 2 Group= 6 Credit

 पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि ।

– नागरिकताको प्रमाणित प्रतिलिपि ।

– अन्य संस्थामा कार्य गरेको भएमा विभागीय स्वीकृति ।

 सम्पर्क मिति :— २०७७ माघ १७ गते अपरान्ह ३ बजे ।

अन्तर्वार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

नोट: यस कार्यक्रमअन्तर्गत अध्यापन गरेवापत प्रति ३ क्रेडिट कक्षाभारको पारिश्रमिक रु ६२,०००।—    (अक्षरेपी बैसठ्ठी हजार रुपैया मात्र) कर सहित भुक्तानी गरिने छ ।

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-01-25

Download Full Text