Prithvi Narayan Campus, Pokhara, Nepal

एलएल.वी.प्रथम वर्षमा भर्नाका लागि प्रवेश परीक्षा सम्वन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको मिति २०७७।०७।२७ को निर्णय बमोजिम कानून संकाय डीनको कार्यालयद्वारा शैक्षिक वर्ष २०७५/०७६ को एलएल.वी.प्रथम वर्षमा यस क्याम्पसको लागि आरक्षण कोटा सहित विद्यार्थी सिट संख्या ३००(तीन सय) निर्धारण गरी प्रवेश परीक्षा लिई उत्तिर्ण विद्यार्थीहरुलाई भर्ना गर्नु भनी पत्राचार भए बमोजिम यस क्याम्पसमा संचालन हुने ३(तीन) वर्षे एलएल.वी.प्रथम वर्षमा भर्नाका लागि यस अघि नै प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीहरुको प्रवेश परीक्षा मिति २०७७।१०।१७ गते विहान ८:०० बजेदेखि १०:०० बजेसम्म यस क्याम्पसमा संचालन हुने भएकोले सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-01-10

Download Full Text