Prithvi Narayan Campus, Pokhara, Nepal

अनलाइन कक्षाको अभिमुखिकरण कार्यक्रम बारे सूचना !

त्रिभुवन विश्वविद्यालयले जारी गरेको विद्युतीय माध्यम (Online) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७  अनुसार पहिलो चरणमा यस क्याम्पसमा पठनपाठन हुने सेमेष्टर प्रणालीका कक्षाहरु अनलाईनमार्फत सञ्चालन गर्न निर्देशन प्राप्त भएको छ । सोहीबमोजिम यस क्याम्पसमा पनि G Suite for Education (Google classroom, jamboard, meet etc..) वा Zoom Cloud Meeting  को प्रयोग गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयअनुसार सो सम्बन्धी अभिमूखिकरण कार्यक्रम संकायगत रुपमा निम्नानुसार आयोजना गरिने भएकोले सबै विभागीय प्रमुख र विभागीय सदस्यहरुले निम्नानुसार समयमा Google Meet मार्फत अनिवार्य सहभागी भई कक्षा सञ्चालनका लागि आवश्यक प्रविधिको बारेमा जानकारी लिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

अभिमुखिकरण कार्यक्रम हुने

मानविकी र शिक्षाशास्त्र संकायका लागि

मिति: २०७७ वैशाख १८ गते

समय: बिहान ठिक ८ बजे

विज्ञान तथा प्रविधि अध्ययन संस्थान र कानून संकायका लागि

मिति: २०७७ वैशाख १९ गते

समय: बिहान ठिक ८ बजे

 

पुनश्च: व्यवस्थापन संकायको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भईसकेको छ । अन्य विस्तृत जानकारीका लागि उपप्राध्यापक रेशमलाल पौडेल (मो.नं. ९८५६०३३६३५) वा कर्मचारी राजेन्द्र सुबेदी  (मो.नं. ९८५६०२९८०४) मा सम्पर्क गर्न सकिनेछ ।

 

 

.........................

नन्दलाल अधिकारी

नि. क्याम्पस प्रमुख

Published by: Administration
Published on 2020-04-29

Download Full Text