Prithvi Narayan Campus, Pokhara, Nepal

३वर्षे र ४वर्षे स्नातक तह दोश्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना !

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७६ सालमा संचालन हुने ३वर्षे स्नातक तह दोश्रो वर्षको ब्यवस्थापन (BBS),मानविकी (BA) र शिक्षाशास्त्र संकाय (B.Ed) र ४ वर्षे स्नातक तह दोश्रो वर्षका विज्ञान (B.Sc.) ब्यवस्थापन (BBS), मानविकी (BA) र शिक्षा(B.Ed) संकाय तर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुले यहि मिति २०७६ बैशाख २० गतेसम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

परीक्षा फारम भर्दा ध्यान दिनु पर्ने :

क. आंशिक परीक्षा दिने विद्यार्थीहरुले गत वर्षको सोही खण्डमा परीक्षा दिएको सिम्वोल नं. तथा नियमित विद्यार्थीहरुले पहिलो पटक प्रथम वर्षको परीक्षा सिम्वोल नं.परीक्षा फारमको शिरमा अनिवार्य रुपले उल्लेख गर्नुपर्ने छ ।

ख. आंशिक परीक्षाको लागि फारम भर्ने विद्यार्थीहरुले गत वर्षको सोही तह र खण्डको      लब्धाङ्कपत्रको छायाप्रति पेश गर्नुपर्नेछ ।

३वर्षे स्नातक तहमा २०६९ सालमा भर्ना भई २०७० सालमा प्रथम वर्षको वार्षिक परीक्षामा सामेल भएका विद्यार्थीहरुको लागि यो अन्तिम मौका हुने छ ।

 

परीक्षा शुल्क

क. आंशिक परीक्षार्थीहरुका लागि प्रति खण्ड शुल्क रु ६३०।—

ख. प्रयोगात्मक परीक्षा शुल्क,

— एक विषयको लागि रु १५०।—

— दुइ वा सो भन्दा बढी विषयको लागि रु २७५।—

ग. फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु २७५।—

घ. शिक्षण अभ्यास शुल्क (३वर्षे वी.एड.का लागि) रु ३५०।—

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-04-22

Download Full Text