४वर्षे स्नातक तह चौथोे वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना !
त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा मिति २०७५ मंसिर १० गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७६ सालमा संचालन हुने ४ वर्षे स्नातक तह चौथो वर्षका विज्ञान (B.Sc.) ब्यवस्थापन(BBS) र शिक्षा(B.Ed) संकाय तर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुले यहि मिति २०७५ पौष १३ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा फारम भर्दा ध्यान दिनु पर्ने :
क. आंशिक परीक्षा दिने विद्यार्थीहरुले गत वर्षको सोही खण्डमा परीक्षा दिएको सिम्वोल नं. तथा नियमित विद्यार्थीहरुले प्रथम वर्षको परीक्षा सिम्वोल नं.परीक्षा फारमको शिरमा अनिवार्य रुपले उल्लेख गर्नुपर्ने छ ।
ख. आंशिक परीक्षाको लागि फारम भर्ने विद्यार्थीहरुले गत वर्षको सोही तह र खण्डको लब्धाङ्कपत्रको छायाप्रति पेश गर्नुपर्नेछ ।
परीक्षा शुल्क
क. आंशिक परीक्षार्थीहरुका लागि प्रति खण्ड शुल्क रु ६३०।—
ख. प्रयोगात्मक परीक्षा शुल्क,
— एक विषयको लागि रु १५०।—
— दुइ वा सो भन्दा बढी विषयको लागि रु २७५।—
ग. फिल्ड वर्क, शिक्षण अभ्यास, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु २७५।—
प्रा.डा.चन्द्रबहादुर थापा
क्याम्पस प्रमुख
Published by: Administration
Published on 2018-11-27
Download Full Text