Prithvi Narayan Campus, Pokhara, Nepal

नेपाली विभागमा छात्रवृत्ति प्रदान

त्रि.वि.–पृ.ना.क्या., भदौ ३० – पृथ्वीनारायण क्याम्पस नेपाली विभागका उपप्राध्यापक यमबहादुर रानाबाट नेपाली भाषा र साहित्यको उन्नयनका लागि आफ्नी आमा स्वर्गीय मनरुपा थापा रानाको स्मृतिमा स्थापित अक्षय कोषबाट “मनरुपा थापा राना स्मृति छात्रवृत्ति” वितरण गरियो ।

यो कोषबाट दिइने छात्रवृत्ति हरेक वर्ष एम.ए. नेपाली विषयमा उत्कृष्ट अंक ल्याई प्रथम हुने विद्यार्थीलाई प्रदान गरिने छ । यो छात्रवृत्ति पहिलो पटक प्राप्त गर्ने विद्यार्थीमा यस वर्ष सर्वप्रथम हुने एम.ए. नेपाली विषयका पोखरा २१ का विनु न्यौपाने रहनु भएको छ ।

छात्रवृत्ति प्रदान गर्ने कार्यक्रममा सहायक क्याम्पस प्रमुख महेन्द्र आलेले अबिर, क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाले खादा, विभागीय प्रमुख कृष्णप्रसाद पौडेलले प्रमाण पत्र र छात्रवृत्ति संस्थापक यमबहादुर रानाले नगद पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो ।

Published by: Dept of Nepali
Published on 2018-09-17

Download Full Text