Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

अनुगमन निर्देशनालय त्रि.वि.कीर्तिपरको अ.च.नं. १७/०७५—०७६, मिति २०७५।०४।१५ को प्राप्त पत्रानुसार त्रि.वि.का पूर्णकालीन शिक्षक/कर्मचारीहरुले अन्यत्र संस्थामा काम गर्न चाहेमा त्रि.वि.अनुगमन निर्देशनालयबाट पूर्वस्वीकृति लिनुपर्ने नियम रहेको जानकारी गराउदै यस आर्थिक वर्ष २०७५/०७६ को लागि अन्य संस्थामा आंशिक रुपमा काम गर्न चाहाने शिक्षक एवं कर्मचारीहरुलाई पूर्व स्वीकृति फाराम भराई पठाइदिनुहुन भनि यस क्याम्पमा पत्र प्राप्त हुन आएकाले अन्य संस्थामा आंशिक रुपमा काम गर्न चाहने यस क्याम्पसअन्तर्गत पूर्णकालीन रुपमा कार्यरत शिक्षक एवं कर्मचारीहरुले नेपाल बैक लि.कीर्तिपुरको च.हि.नं. ०४५११६०००९८९७६०००००२ (खातावालाको नाम त्रि.वि.केन्द्रीय कार्यालय)मा जम्मा गरिएको रु १०००।—(एक हजार) को सक्कल बैंक भौचर सहित अन्यत्र संस्थामा काम गर्नको लागि भर्नुपर्ने फारम भरी २०७५ कार्तिक २० गते भित्र कर्मचारी प्रशासन शाखामा बुझाउनुहुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

पुनश्च: अन्यत्र संस्थामा काम गर्न अनुमति माग गर्ने फाराम कर्मचारी प्रशासन शाखाबाट उपलब्ध हुने ब्यहोरा जानकारी गराइन्छ ।

 

 

नन्दलाल अधिकारी

नि.क्याम्पस प्रमुख

 

 

Published by: Administration
Published on 2018-08-17

Download Full Text