स्नातक तह प्रथम वर्ष— २०७५ को नयाँ भर्ना सम्वन्धी सूचना !
यस क्याम्पसअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र, ब्यवस्थापन र शिक्षाशास्त्र संकायको कार्यक्रममा शैक्षिक वर्ष २०७५/०७६ को लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
कार्यक्रम:—
१. आवेदन फारम वितरण तथा भर्ना शुरु हुने मिति :— २०७५ भाद्र ३ गते देखि ।
२. भर्ना हुने अन्तिम मिति :— २०७५ भाद्र २९ गते सम्म ।
३. कक्षा संचालन सुरु :— २०७५ असोज १५ गते देखि ।
४. कक्षा समाप्त हुने मिति :— २०७६ जेष्ठ मसान्तसम्म ।
५. परीक्षा फाराम भराउने मिति :— २०७५ फागुन १ देखि मसान्त सम्म ।
६. परीक्षा संचालन मिति :— २०७६ आषाढ महिना ।
७. त्रि.वि.दर्ता फारम २०७५ पौष १५ गतेसम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा बुझाउनुपर्ने छ ।
पुनश्च:
आवेदन दिँदा फारमसँगै निम्नानुसारको कागजातहरु पेश गर्नु पर्नेछ ।
१. एस.एल.सी.को लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको छायाँप्रति ।
२. भर्ना हुनको लागि १२ कक्षाको Grade Point न्यूनतम D+ हुनुपर्ने छ । वा प्रमाणपत्र तह वा
+२ को ट्रान्सक्रिप्ट,माइग्रेशन,प्रोभिजनल र चारित्रिक प्रमाणपत्रको छायाँप्रति ।
३. हालसालै खिचिएको ६ प्रति पासपोर्ट साईजको फोटो ।
भर्ना शुल्क फि काउण्टरमा बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन फारम लिन सकिनेछ ।
नन्दलाल अधिकारी
नि.क्याम्पस प्रमुख
Published by: Administration
Published on 2018-08-17
Download Full Text