Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसमा अनुसन्धान समिति गठन

त्रि.वि. — पृ.ना.क्या., बैसाख २४ —पृथ्वीनारायण क्याम्पसमा अनुसन्धानसम्बन्धी गतिविधिलाई निरन्तरता दिन नयाँ अनुसन्धान समिति गठन गरिएको छ ।

क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापा अध्यक्ष रहेको उक्त अनुसन्धान समितिमा प्रा.डा. लेखनाथ भट्टराईलाई सदस्य सचिव रहनु भएको छ । समितिको सदस्यहरुमा प्रा.डा. अक्कलदेव मिश्र, प्रा.डा. विष्णुप्रसाद पौडेल, प्रा.डा. ज्ञानबहादुर कार्की, प्रा.डा. विकार कुमार केसी, र प्रा.डा. शोभाकान्त लामिछाने रहनु भएको छ । त्यसैगरि सदस्यहरुमा डा. सरोज कोइराला र डा. मीन पुन पनि रहनु भएको छ ।

अनुसन्धान समितिको पहिलो बैठकले समितिको विविध गतिविधिलाई अगाडि बढाउन विभिन्न उप–समितिहरु समेत गठन गरेको छ । जस्तोकि प्रा.डा. लेखनाथ भट्टराईको संयोजकत्वमा प्रा.डा. ज्ञानबहादुर कार्की, प्रा.डा. विकार कुमार केसी र डा. मीन पुन रहने गरी व्यवस्थापन उप–समिति गठन गरिएको छ ।

प्रा.डा. अक्कलदेव मिश्रको संयोजकत्वमा प्रा.डा. विकार कुमार केसी, र प्रा.डा. शोभाकान्त लामिछाने र डा. सरोज कोइराला रहेको अनुसन्धान अनुदान छनौट उप–समितिको गठन गरिएको छ ।  त्यसैगरि प्रा.डा. विष्णुप्रसाद पौडेलको संयोजकत्वमा प्रकाशन उप–समिति गठित सो उप–समितिमा प्रा.डा. ज्ञानबहादुर कार्की र डा. मीन पुन रहनुभएको छ ।  

पियर रिभ्युड जर्नल प्रकाशनका लागि एक सम्पादक मण्डल गठन गरिएको छ । सो मण्डलमा प्रा.डा. विकार कुमार केसी प्रधान सम्पादक रहनुभएको छ भने डा. मीन पुन कार्यकारी सम्पादक चयन गरिएको छ । यस मण्डलको सदस्यहरुमा प्राध्यापक हिमराज गिरी, डा. उमानाथ बराल, र डा. नवराज न्यौपाने र डा. रामजीवन यादव रहनुभएको छ ।

Published by: Research Committee
Published on 2018-05-07

Download Full Text