एलएल.वी(LLB)प्रथम भर्नाका लागि प्रवेश परीक्षा फारम भर्ने सम्वन्धी सूचना !
त्रि.वि.कानून संकाय डीनको कार्यालयको सूचना अनुसार यस शैक्षिक सत्र २०७४/०७५ मा ३(तीन) वर्षे एलएल.वी.भर्नाका लागि लिइने प्रवेश परीक्षा निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
कार्यक्रम:—
भर्ना आवेदन वितरण र दर्ता : २०७५ जेष्ठ ११ गते सम्म ।
प्रवेश परीक्षा मिति :— २०७५ जेष्ठ १९ गते शनिवार ।
समय :— विहान ८:०० बजे देखि ११ बजे सम्म ।
आवेदन फारम शुल्क : रु १२००।—
प्रवेश परीक्षामा आवेदन गर्न आवश्यक शैक्षिक योग्यता : प्रवेश परीक्षा फारम भर्ने अन्तिम मितिसम्ममा त्रि.वि.बाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण भएका विद्यार्थीहरुले मात्र आवेदन गर्न पाइने छ ।
आवश्यक कागजातहरु : एस.एल.सी. देखि स्नातकतह सम्मका सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरुको छायाँप्रति सम्लग्न गर्नुपर्ने छ ।
पुनश्च:आवेदन फारम सम्वन्धित शैक्षिक प्रशासन शाखाबाट प्राप्त गर्न सकिने छ ।
प्रा.डा.चन्द्रबहादुर थापा
क्याम्पस प्रमुख
Published by: Administration
Published on 2018-05-04
Download Full Text