Prithvi Narayan Campus, Pokhara, Nepal

३वर्षे ४वर्षे स्नातक तह दोश्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना !

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा मिति २०७४ फागुन ८ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७५ सालमा संचालन हुने ३वर्षे र४ वर्षे स्नातक तह मानविकी (B.A.), शिक्षा(B.Ed), विज्ञान (B.Sc.),ब्यवस्थापन (BBS) र कानून(LLB) संकायतर्फ दोश्रो वर्षका नियमित तथा आंशिक परीक्षार्थीहरुले यहि मिति २०७४ चैत्र ८ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा दिन पाइने योग्यता :

क. ३वर्षे स्नातक तहमा २०६८ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।

 

परीक्षा फारम भर्दा ध्यान दिनु पर्ने :

क. आंशिक परीक्षा दिने विद्यार्थीहरुले गत वर्षको सोही खण्डमा परीक्षा दिएको सिम्वोल नं. तथा प्रथम पटक दोश्रोे वर्षको परीक्षा दिने विद्यार्थीहरुले पहिलो पटक प्रथम वर्षको परीक्षा सिम्वोल नं.परीक्षा फारमको शिरमा अनिवार्य रुपले उल्लेख गर्नुपर्ने छ ।

ख. आंशिक परीक्षाको लागि फारम भर्ने विद्यार्थीहरुले गत वर्षको सोही तह र खण्डको      लब्धाङ्कपत्रको छायाप्रति पेश गर्नुपर्नेछ ।

 

परीक्षा शुल्क

क. आंशिक परीक्षार्थीहरुका लागि प्रति खण्ड शुल्क रु ६३०।—

ख. प्रयोगात्मक परीक्षा शुल्क,

— एक विषयको लागि रु १५०।—

— दुइ वा सो भन्दा बढी विषयको लागि रु २७५।—

ग. फिल्ड वर्क, शिक्षण अभ्यास, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु २७५।—

 

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2018-02-21

Download Full Text