Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसका पूर्व विद्यार्थीहरूको “अलम्नाई असोसियसन” स्थापनार्थ तदर्थ समिति गठन

त्रि.वि. — पृ.ना.क्या., माघ १४ — पृथ्वीनारायण क्याम्पसका पूर्व विद्यार्थीहरूको हालै एक भेलाद्वारा “अलम्नाई असोसियसन”को तदर्थ समिति गठन गरेको छ ।

तदर्थ समितिको गठन QAA/Reform Unit, पृ. ना. क्याम्पसका संयोजक डा. मीन पुनको उपस्थितिमा सम्पन्न भएको थियो । वहाँका अनुसार, यो तदर्थ समितिले चाडै नै कार्यसमिति चयन गरी आफ्नो कार्यलाई अघि बढाउने छ ।

सो भेलाले वि.एस.सी.का पूर्व विद्यार्थी बिनोद पराजुलीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । र सदस्यहरूमा पूर्व विद्याथीहरू एम.एड.का बेदप्रसाद वस्ती, एम.ए. मानवशास्त्रका देवबहादुर क्षेत्री, एम.ए. अंग्रेजीका दीलु गुरूङ, वि.एस.सी.का सुमन हमाल, उमेश सारू थापा, अन्जनी गुरूङ, अनुपा तिवारी र वि.वि.ए.का प्रवेश गौतम रहेका छन् ।

Published by: Other
Published on 2018-01-28

Download Full Text