Prithvi Narayan Campus, Pokhara, Nepal

४ वर्षे B.Sc. CSIT मा २०७४ सालको नयाँ भर्नाको लागि आवेदन फाराम भर्ने सूचना !

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत संचालित B.Sc. CSIT चार वर्षे स्नातक तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त २०७४ सालको लागि प्रथम सेमेष्टरमा निम्नानुसारको भर्ना सम्बन्धी कार्यक्रम प्रकाशित गरिएको छ ।

. आश्यक न्यूनतम योग्यता : त्रि. वि. वा त्यसबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह विज्ञानमा आई. एस्सी. वा उच्च माध्यमिक विद्यालयको 10+2  विज्ञान वा A-Level विज्ञान    (गणित र भौतिकशास्त्र लिएको)  A-Level मा कम्तीमा C ग्रेड हुनुपर्ने वा सो सरहको परीक्षामा कम्तीमा दाश्रो श्रेणीमा उत्तीण गरेको हुनुहपर्नेछ ।

. फाराम प्राप्त हुने ठाउँ : पृ.ना. क्याम्पस विज्ञान तथा प्रविधि अध्ययन संस्थान B.Sc. CSIT को    कार्यालय वा वेबसाइट www.pncampus.edu.np वा    www.tuiost.edu.np बाट समेत प्राप्त गर्न सकिनेछ ।

. फर्म बुझाउने मिति : सूचना प्रकाशित भएको मितिदेखि आवेदन दस्तूर रु. १५००।- लेखा शाखामा   बुझाएको रसीद उपलब्ध गरी २०७४ भाद्र १४ गतेसम्म बुझाउन सकिनेछ ।  मिति २०७४ भाद्र    १५ देखि १९ सम्म दोब्बर दस्तूर रु. ३०००।- कायम गरिएको छ ।

. प्रवेश परीक्षा : २०७४ भाद्र २४ गते दिनको १२.०० देखि २.०० बजेसम्म ।

 

. परीक्षा केन्द्र : पछि तोकिनेछ ।

 

............................

कुल प्रसाद दाहाल

कार्यक्रम निर्देशक

Published by: Other
Published on 2017-08-03

Download Full Text