Prithvi Narayan Campus, Pokhara, Nepal

३ वर्षे स्नातक तह दोश्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरुलाई परीक्षा आवेदन फारम भर्ने सूचना !

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा मिति २०७३ चैत्र २९ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७४ सालमा लिईने मौका परीक्षाका लागि २०५९ सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिई ७ वर्ष नाघी उत्तिर्ण हुन नसकेका सम्पूर्ण संकाय तर्फका आंशिक परीक्षा दिने ३वर्षे स्नातक तह दोश्रो वर्षका परीक्षार्थीहरुलाई २०७४ सालमा अन्तिम पटकका लागि मौका परीक्षाको ब्यवस्था भएकाले  यहि मिति २०७४ बैशाख २६ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा शुल्क

क. परीक्षा शुल्क रु ८००।—

ख. प्रयोगात्मक परीक्षा शुल्क,

— एक विषयको लागि रु ३००।—

— दुइ वा सो भन्दा बढी विषयको लागि रु ५००।—

ग. फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु ३५०।—

घ. शिक्षण अभ्यास शुल्क रु ३५०।—

 

पुनश्च: परीक्षा फारम भर्दा दोश्रो वर्षको प्रथम पटक र अन्तिम पटक दिएको परीक्षाको मार्कशिटको छायाँप्रति  अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।

 

 

....................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

      क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-04-18

Download Full Text