Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसमा ऐतिहाँसिक विज्ञान प्रर्दशनी सुरु

त्रि.वि.–पृ.ना.क्या., पुस ३ — पृथ्वीनारायण क्याम्पसअन्तर्गत Awareness Group of Technical Science (AGTS) र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको संयुक्त आयोजनामा दुई दिने “विज्ञान प्रर्दशनी–२०७३” को कार्यक्रम आज एक भव्य समारोहका साथ AGTS का सभापति सुमित लामिछानेको अध्यक्ष्यतामा पहिलो दिनको समुद्घाटन सत्र सम्पन्न गरिएको छ । 

विशिष्ट अतिथिका रुपमा पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. देवेन्द्र बहादुर लामिछाने, विशेष अतिथि कास्की जिल्ला शिक्षा अधिकारी शंकर गौतम, वि.पि. कोइराला मेमोरियल प्लानेटेरियम तथा अव्जरभेटरीका कार्यकारी निर्देशक डा. शोभाकान्त लामिछाने र संरक्षकको रुपमा पृथ्वीनारायण क्याम्पसअन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारीको आतिथ्यमा कार्यक्रम सुरु गरिएको थियो ।

सो प्रर्दशनीको समुद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जीवराज पोखरेलद्वारा सम्पन्न भयो । सोही क्रममा वहाँले यस्तो खालको कार्यक्रमलाई निरन्तर रुपमा सधै साथ र सहयोग रहनुका साथै NAST को शाखा पोखरामा पनि खोलिनु पर्ने विचार व्यक्त गर्नु भयो ।

पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. देवेन्द्र बहादुर लामिछानेले प्रर्दशनीको सफलताका लागि शुभकामना व्यक्त गर्दै भन्नुभयो – “देश विकासको लागि विज्ञानको क्षेत्रमा यस्ता खालका कार्यक्रमहरु अपरिहार्य हुने बताउनुभयो ।”

सोही समारोहमा प्रर्दशनी कार्यक्रमका संयोजक विनोद प्रसाद पराजुलीले सबैको साथ र सहयोग पाए छिट्टै नै राष्ट्रिय स्तरको विज्ञान प्रदर्शनी गर्ने र आउँदो दिनहरुमा यस्ता किसिमका कार्यक्रमले देशमा विकासको ढोका खोल्ने विचार व्यक्त गर्नुभयो ।

प्रर्दशनीमा कास्की जिल्लाका २० भन्दा बढी उत्कृष्ट माध्यमिक विद्यालयहरु, विश्वविद्यालयहरु र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा अध्ययनरत वि.एस.एसी र एम.एस.सी का विद्यार्थीहरुको उत्कृष्ट आविष्कारहरु प्रदर्शनीमा राखिएका थिए । साथै स्थानीय सामग्रीले पनि स्थान पाएका थिए ।

स्रोतका अनुसार प्रदर्शनी पुस ३ र ४ गते गरी २ दिनसम्म पृथ्वीनारायण क्याम्पसको प्राङ्गणमा हुनेछ र प्रदर्शनीको उद्देश्य देश विकासको लागि विज्ञान तथा प्रविधि रहेको छ ।

प्रर्दशनीको समुद्घाटन समारोहको कार्यक्रम सञ्चालन उमेश सारु थापा र अनुपा तिवारी गर्नुभएको थियो ।

Published by: Institute of Sc. & Tech
Published on 2016-12-18

Download Full Text