Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना सम्बन्धी सूचना !

यस क्याम्पसअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र, ब्यवस्थापन र शिक्षाशास्त्र संकायको कार्यक्रममा शैक्षिक वर्ष २०७३/०७४ को लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रम:—

१. आवेदन फारम वितरण तथा भर्ना शुरु हुने मिति  :— २०७३ असोज १० गते देखि ।

२. भर्ना हुने अन्तिम मिति :— २०७३ कार्तिक ३० गते सम्म ।

३. कक्षा संचालन सुरु :— २०७३ मंसिर १ गते देखि ।

४. कक्षा संचालन समाप्त हुने मिति :— २०७४ असार मसान्तसम्म ।

५. परीक्षा फाराम भराउने मिति :— २०७४ बैशाख १ देखि मसान्त सम्म ।

६. परीक्षा संचालन मिति :— २०७४ श्रावण महिना ।

७. त्रि.वि.दर्ता फारम २०७३ माघ १५ गतेसम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा बुझाउनुपर्ने छ ।

 

पुनश्च:

आवेदन दिँदा ारमसँगै निम्नानुसारको कागजातहरु पेश गर्नु पर्नेछ ।

१. एस.एल.सी.को लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

२. प्रमाणपत्र तह वा +२ को ट्रान्सक्रिप्ट,माइग्रेशन,प्रोभिजनल र चारित्रिक प्रमाणपत्रको

   प्रमाणित प्रतिलिपी ।

३. हालसालै खिचिएको ६ प्रति पासपोर्ट साईजको फोटो ।

भर्ना शुल्क फि काउण्टरमा बु सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन ारम लिन सकिनेछ ।

 

 

............................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

      क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-09-26

Download Full Text