Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह द्वितीय वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना !

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा मिति २०७३ भाद्र २९ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७२ सालको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातकोत्तर तह द्वितीय वर्ष मानविकी, ब्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुले यहि मिति २०७३ कार्तिक ९ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा दिन पाइने योग्यता :

क. २०६७ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।

ख. आंशिक परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुले गत सालको सोही खण्डको र पूरा परीक्षा दिने परीक्षार्थीले गत साल सोही तहको प्रथम वर्षको परीक्षा रोल नं. र वर्ष परीक्षा फारमको शिरमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ ।

परीक्षा शुल्क

क. आंशिक परीक्षार्थीहरुका लागि प्रति खण्ड शुल्क रु ८१५।—

ख. प्रयोगात्मक परीक्षा शुल्क, — एक विषयको लागि रु १७५।— — दुइ वा सो भन्दा बढी विषयको लागि रु ३२५।—

ग. फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु ३२५।—

 

.............................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-09-15

Download Full Text