Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसको ५७ औं वार्षिकोत्सव समारोह सम्पन्न

त्रिवि–पृ.ना.क्या., भाद्र १७ – त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस ५६औं वर्ष पूरा गरी ५७औं वर्षमा प्रवेश गरेको शुभअवसरमा आयोजित वार्षिकोत्सव समारोह मिति २०७३ भाद्र १७ गते शुक्रवारका दिन विविध कार्यक्रमसहित क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्र बहादुर लामिछानेको अध्यक्षतामा र त्रिवि वन विज्ञान अध्ययन संस्थानका डीन प्राध्यापक चिरञ्जीवी प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सुसम्पन्न भयो ।

प्रमुख अतिथिले त्रिविको झण्डा र समारोहका अध्यक्षले राष्ट्रिय झण्डालाई झण्डोत्तोलन गरी शुरू गरिएको उक्त कार्यक्रम प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी समारोहको औपचारिक उद्घाटन गरिएको थियो ।

सो समारोहमा क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू र पूर्व क्याम्पस प्रमुखहरूलाई विशेष आमन्त्रित गरिएको थियो । आमन्त्रित पूर्व क्याम्पस प्रमुखहरू जोर्ज जोन, गणेश बहादुर गुरूङ्ग र प्रा.डा. पशुपतिनाथ तिमल्सेनाको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिका रुपमा बाल्दै आफ्नो मन्तव्य राख्ने क्रममा त्रिवि वन विज्ञान अध्ययन संस्थानका डीन प्राध्यापक चिरञ्जीवी प्रसाद उपाध्यायले पृथ्वीनारायण क्याम्पसले पश्चिमाञ्चलमा पृथ्वीनारायण क्याम्पसले उच्च शिक्षाको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो । अर्का वक्ता पूर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङ्गले पृथ्वीनारायण क्याम्पस अहिलेसम्म विश्वविद्यालयमा परिणत भईसक्नुपर्नेमा अझै विश्वविद्यालय बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । वहाँले अब छिटो भन्दा छिटो पृथ्वीनारायण क्याम्पसलाई पृथ्वीनारायण विश्वविद्यालयमा परिणत गरी प्राज्ञिक उन्नयनमा अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

समारोहको समापन गर्दै क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछानेले अहिले क्याम्पसले प्राज्ञिक र भौतिक दुवै क्षेत्रमा फड्को मारेको छ भन्नुभयो । परिवर्तित समय अनुसार हाल क्याम्पसले आफ्नो सम्पूर्ण प्रशासनिक कामलाई डिजिटल प्रविधिबाट गरिने कार्यको थालनी भईसकेको जानकारी दिदै भौतिक पूर्वाधारका लागि पनि काम भईरहेको छ भन्नुभयो ।

समारोहमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । दीर्घसेवा सम्मानबाट सम्मानित प्राध्यापक तथा कर्मचारीहरूमा प्रा.डा. यदुनन्दन उपाध्याय, प्रा.डा. लेखनाथ भट्टराई, प्रा.डा. ज्ञानबहादुर कार्की, सह–प्रा. रविराज बराल, सह–प्रा. बासुदेव भण्डारी, सह–प्रा. हरिप्रसाद सुवेदी, सह–प्रा. डिल्लीराम सुवेदी, सह–प्रा. कालिदास शर्मा, सह–प्रा. चन्द्रकान्त रेग्मी, सह–प्रा. निर्मलकुमार कार्की, सह–प्रा. सूर्यकुमार जिसी, सह–प्रा. गोविन्दमणि भण्डारी, उप–प्रा. उदयप्रसाद घिमिर, उप–प्रा. मिलन वैद्य, उप–प्रा. विश्व घिमिरे, उप–प्रा. टंकप्रसाद शर्मा, उप–प्रा. श्रीकृष्ण गौतम, उप–प्रा. नारायणप्रसाद न्यौपाने र कर्मचारीतर्फ कार्यालय सहयोगी ओमलाल जलारी हुनुहुन्थ्यो ।

यसैगरी क्याम्पसको संरक्षण, विकास र शैक्षिक उन्नयनका लागि दिएको योगदान गरेवापत सम्मानित हुने क्याम्पसका १५ जना प्राध्यापकहरु र १० जना कर्मचारीहरू हुनुहुन्थ्यो । जसमध्ये प्राध्यापकहरुतर्फ प्रा.डा. चन्द्रबहादुर थापा, प्रा. दीपकचन्द्र वाग्ले, सह–प्रा. किशोरकुमार पोखरेल, सह–प्रा. कृष्णप्रसाद पौडेल, सह–प्रा. उपेन्द्र पौडेल, सह–प्रा. मोतिश्वर थापा, सह–प्रा. शान्तिदेवी शाक्य, सह–प्रा. डा. मीन पुन, उप–प्रा. केदारराज गौतम, शिक्षण सहायक नगैन्द्र भण्डारी, शिक्षण सहायक सुलोचना खनाल, शिक्षण सहायक कृष्णप्रसाद त्रिपाठी, शिक्षण सहायक लाक्पाछिरिङ गुरुङ्ग, शिक्षण सहायक यादवराज अधिकारी, र कविराज आचार्य हुनुहुन्थ्यो । कर्मचारीतर्फ होमबहादुर थापा, नवराज बास्तोला, हरिप्रसाद पोखरेल, रामचन्द्र पौडेल, मनसुवा थापा, गंगादेवी पौडेल, हेमराज भण्डारी, कृष्ण तामाङ, रामबहादुर मगर र मोहनबहादुर खड्का हुनुहुन्थ्यो ।

सोही समारोहमा त्रिविबाट हालै अवकासप्राप्त गर्नुहुने प्राध्यापकतर्फ प्रा.डा. विश्व श्रेष्ठ र कर्मचारीतर्फ जीवनाथ न्यौपाने, ठक्करबहादुर कार्की, वेदराज बास्तोला र चुडामणि पौडेल लाई पनि विदाई तथा सम्मान गरिएको थियो ।

समारोहमा “शेर बहादुर–पूर्ण कुमारी छात्रवृत्ति” र “मुक्तिध्वज–सूर्य कुमारी जोशी छात्रवृत्ति” द्वारा विभिन्न संकायका विद्यार्थीहरूलाई उक्त वृत्ति प्रदान  समेत गरिएको थियो । यसका साथै अर्थशास्त्र विभागले पनि विद्यार्थीहरुको प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरिएको थियो ।

वार्षिकोत्सवको उपलक्ष्यमा प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अविभावकका प्रतिनिधीहरूबाट शुभकामना मन्तब्य दिइएको थियो ।

सहायक क्याम्पस प्रमुख प्रा. दीपकचन्द्र वाग्लेबाट स्वागत मन्तब्य र अर्का सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Published by: Administration
Published on 2016-09-02

Download Full Text