Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह दोश्रो वर्ष (२०७१ समुह) को छात्रवृत्ति सम्बन्धी सूचना !

यस क्याम्पसमा सञ्चालित सम्पूर्ण संकाय अन्तर्गत स्नातक तह दोस्रो वर्ष २०७१ भर्ना समूहका विद्यार्थीहरुलाई नि:शुल्क छात्रवृत्तिको लागि निम्नलिखित कागजातहरु सहित मिति २०७३ श्रावण २० गतेभित्र आवेदन फाराम भरी विद्यार्थी कल्याण शाखामा बुझाउनुहुन सम्बन्धित विद्यार्थीहरुलाई सूचित गरीन्छ । उक्त मिति पछि प्राप्त आवेदन माथि कुनै कारबाही नहुने ब्यहोरा समेत जानकारी गराईन्छ । विभिन्न कारणबाट नि:शुल्क भर्ना भएका विद्यार्थीहरुले नि:शुल्क छात्रवृत्ति फाराम भर्न पाइनेछैन ।

 

आवश्यक कागजातहरु:

–      अघिल्लो वर्ष (प्रथम वर्ष) को लब्धांक पत्रको प्रतिलिपि पेश गर्नुपर्ने र सक्कल देखाउनु पर्ने ।

–      कक्षा रोल नं. उल्लेख भएको दोस्रो वर्षको भर्ना रसिदको प्रतिलिपि पेश गर्नुपर्ने ।

 

 

नोट:  १) प्रथम वर्षको परीक्षामा उत्तिर्ण विद्यार्थीहरुले मात्र आवेदन फाराम भर्न  पाईने छ ।

     २) आवेदन फाराम विदयार्थी कल्याण शाखाबाट प्राप्त गर्न सकिने छ ।   

 

 

.............................................

      नेत्रनारायण पौडेल

क्याम्पस विद्यार्थी कल्याण प्रमुख

Published by: Student’s Welfare
Published on 2016-07-24

Download Full Text