Prithvi Narayan Campus, Pokhara, Nepal

३ र ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना !

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०७३ सालको वार्षिक परीक्षा प्रणाली अनुसार ३ तथा ४वर्षे स्नातक तह प्रथम वर्षका मानविकी, ब्यवस्थापन, विज्ञान र शिक्षाशास्त्रसंकाय तर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुले यहि मिति २०७३ आषाढ २४ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा दिन पाइने योग्यता र अवधि:

क. २०६६ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको लागि

    यो अन्तिम पटकको परीक्षा हुनेछ ।

ख. आंशिक परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुले परीक्षा ारमको शिरमा अन्तिम पटक प्रथम    

    वर्षको परीक्षामा सामेल भएको परीक्षा सिम्वोल नं. अनिवार्य रुपले उल्लेख गर्नुपर्ने छ ।

ग. आंशिक परीक्षाको लागि फारम भर्ने विद्यार्थीहरुले गत वर्षको सोही तह र खण्डको  

    लब्धाङ्कपत्रको छायाप्रति पेश गर्नुपर्नेछ ।

घ. नियमित परीक्षार्थीहरुले त्रि.वि.रजिष्ट्रेशन नम्वर परीक्षा आवेदन फारमको निर्दिष्ट स्थानमा   

   अनिवार्य रुपले उल्लेख गर्नुपर्नेछ ।

 

परीक्षा शुल्क

क. आंशिक परीक्षार्थीहरुका लागि प्रति खण्ड शुल्क रु ६३०।—

ख. प्रयोगात्मक परीक्षा शुल्क,

— एक विषयको लागि रु १५०।—

— दुइ वा सो भन्दा बढी विषयको लागि रु २७५।—

 

..............................

प्रा.विश्वराज अधिकारी

 नि.क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-06-19

Download Full Text