Prithvi Narayan Campus, Pokhara, Nepal

त्रि.वि. कर्मचारी संघको रजतजयन्ती विविध कार्यक्रमका साथ मनाइयो

त्रि.वि.–पृ.ना.क्या., बैसाख १६ — त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा त्रि.वि. कर्मचारी संघ, पृथ्वीनारायण क्याम्पस एकाइले २०७३ वैशाख १३ देखि १६ गतेसम्म विविध कार्यक्रमहरु आयोजना गरी रजतजयन्ती मनाएको छ । सो अवसरमा अन्तर–क्याम्पस कर्मचारी खेलकूद प्रतियोगिता गराइएका थिए । जस्मा भलिबल, घैँटो फुटाउने, म्युजिकलचियर, ५० वर्ष माथिको पुरुष दौड, ५० वर्ष मुनिको पुरुष र महिला दौड का साथै महिला कर्मचारीहरुका लागि सियोमा धागो उन्ने प्रतियोगिता आज सम्पन्न भएका छन् ।

भलिबलतर्फ पोखरामा रहेका त्रि.वि. का आंगिक क्याम्पसहरुको टिम र लमजुङ्गको कृषि क्याम्पसको टिम सहभागी भएकोमा पृथ्वीनारायण क्याम्पस ए समूह प्रथम, लमजुङ्ग कृषि क्याम्पस द्वितिय हुन सफल भएका छन् भने घैँटो फुटाउने प्रतियोगितामा पुरुषतर्फ जुमप्रसाद गुरुङ्ग र महिलातर्फ सीता नेपाली, म्युजिकलचियरतर्फ शान्तीदेवी पाठक, ५० वर्ष माथिको पुरुष दौडतर्फ पूर्णबहादुर खत्री, ५० वर्ष मुनिको पुरुष दौडतर्फ चन्द्रबहादुर खड्का, महिलातर्फ वसन्ती तामाङ्ग र सियोमा धागो उन्ने प्रतियोगितामा मैयाँदेवी मगर विजयी भएका छन् ।

रजतजयन्तीको अवसरमा आयोजित विविध खेलकुद कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि प्रा.डा. देवेन्द्रबहादुर लामिछानेले खेलकुदको माध्यमले व्यक्तिको मानसिक र शारिरीक स्वस्थतामा सहयोग पु¥याउने भएकोले संघले यस कार्यक्रमको आयोजना गरेकोमा अत्यन्त राम्रो भएको भनाई व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा त्रि.वि. कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष जीवनाथ न्यौपाने, एकाइ सभापति रामविक्रम राणा लगायतले मन्तव्य राख्नुभएको थियो ।

यसैगरी विविध कार्यक्रमको अन्तिम दिन बैसाख १६ गते संघले पृथ्वीनारायण क्याम्

Published by: TUEA PNC Unit
Published on 2016-04-28

Download Full Text