Prithvi Narayan Campus, Pokhara, Nepal

पृ.ना. क्याम्पस हाताभित्र त्रिविवि क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय भवन उपकुलपतिबाट आज शिलान्यास

त्रि.वि.–पृ.ना.क्या., बैसाख ११ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले आज पृथ्वीनारायण क्याम्पसको हाताभित्र त्रिविवि क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय भवनको शिलान्यास एक समारोहकाबीच गर्नुभयो ।

सो समारोहमा त्रिविविका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।  जसमध्ये रजिष्ट्रार डिल्लीराम उप्रेती, कार्यकारी सचीव भोला प्रसाद ढकाल, महाशाखा प्रमुख सुभाषचन्द्र ढकालका साथै परीक्षा नियन्त्रक केशब बास्तोला हुनुहुन्थ्यो ।

यसरी नै पश्चिमाञ्चल क्षेत्रका आंगिक क्याम्पसहरुका प्रमुखहरु, वन विज्ञान अध्ययन संस्थानका डीन र सहायक डीनहरु, पृ.ना.क्या.का सहायक प्रमुखहरु, पूर्व परीक्षा सह–नियन्त्रकहरु, पृ.ना.क्या. प्राध्यापक संघका सभापति, पृ.ना.क्या. कर्मचारी संघका सभापति, प्राध्यापकहरु, कर्मचारीहरु, अन्य संघ संगठनका प्रतिनिधिहरु र विद्यार्थी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

त्रिविवि रजिष्ट्रार डिल्लीराम उप्रेतीका अनुसार त्रिविवि क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय, पोखराको भवन त्रिविविको आफ्नै १ करोड ५६ लाख ५२ हजार रुपैया बराबरको लगानीमा एक वर्षभित्र सम्पन्न गरिनेछ ।

भवन शिलान्यास पश्चात् एक अन्र्तक्रिया कार्यक्रमको आयोजना समेत गरिएको थियो । सहभागीहरुको जिज्ञासाकाबारे जवाफ दिदै उपकुलपति खनियाले भन्नुभयो — “हामी फरक समयमा र फरक परिप्रेक्ष्यमा उभिएका छौं, पहिलेका त्रिवि पदाधिकारीहरुसंग तुलना नगरिकन फरक तरिकाले टेक्न सिक्नुहोस् सफल हुनेछौं” । वहाँले थप्नुभयो, थुपै्र व्यवधानका बावजूद् हाम्रा क्याम्पसहरुका प्राध्यापकहरुलाई आफ्ना कक्षाकोठामा ढुक्क भएर पढाउने वातावरण तयार गर्दैछौं ।

त्रिविविका करारमा रहेका प्राध्यापकहरुलाई पदो

Published by: Administration
Published on 2016-04-23

Download Full Text