Prithvi Narayan Campus, Pokhara, Nepal

भूगोल विषयको आंशिक शिक्षक आवश्यकता सम्बन्धी सूचना !

यस क्याम्पसअन्र्तगत मानविकी तथा सामाजिकशास्त्र संकायतर्फको भूगोल विभागअन्तर्गत Gographic Information System(GIS) and Remote Sensing/Regional Development Planning & Techniques विषयमा आंशिक शिक्षकको आवश्यकता भएकोले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्र सहित मिति २०७२ चैत्र २३ गते ४ वजे सम्ममा दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु ५००।— (पाँच सय मात्र) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रित नपुगेको आवेदन फारम उपर कुनैपनि कारवाही गरिने छैन ।

आवश्यक न्यूनतम योग्यता :– सम्वन्धित विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितिय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

संख्या : २ जना ।

पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपी ।

– नागरिकताको प्रमाणित प्रतिलिपी ।

– अन्य संस्थामा कार्यगरेको भएमा विभागीय स्वीकृति ।

सम्पर्क मिति :— २०७२ चैत्र २३ गते ४ बजे पछि ।

अन्र्तवार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

...................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-03-30

Download Full Text