Prithvi Narayan Campus, Pokhara, Nepal

बि.ए.एलएल.बी. का विद्यार्थीहरूको लागि जरूरी सूचना !

यस क्याम्पस अन्तर्गत सञ्चालित ५ वर्षे बि.ए.एलएल.बी. कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको जानकारीको लागि निम्न बमोजिमको सूचना जारी गरिएको छ :

१. २०७१ सालमा सञ्चालित चौथो वर्षको वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूको मुटकोर्ट र सेमीनार द्वितिय पत्रको प्रतिवेदन सम्बन्धित विषय शिक्षकलाई तुरुन्त बुझाउनुहुन सूचित गरिन्छ । अन्यथा Viva Voce मा सम्मिलित हुन पाईनेछैन ।

२. पाचौँ वर्षमा अध्ययनरत विद्यार्थीहरूले Internship को लागि यथासिघ्र आफ्नो रुचिको क्षेत्रसहित कार्यालयमा निवेदन दिन सूचित गरिन्छ ।

३. प्रथम वर्षमा अध्ययन विद्यार्थीहरुको Comparative Law को कक्षा २०७२।०६।२१ गते बिहान ८ बजेबाट र Legal English को कक्षा दशैँ बिदापछि पुन: सञ्चालन हुनेछ ।

४. प्रथम र दोस्रो वर्षको Pre-Board Exam मा सम्मिलित हुन नसकेका विद्यार्थीहरुले तुरुन्त विषय शिक्षकसँग सम्पर्क गर्न सूचित गरिन्छ ।

५. दोस्रो वर्षका विद्यार्थीहरूले मिति २०७२।०६।२१ गतेको परीक्षा पश्चात कार्यालयमा सम्पर्क गर्न सूचित गरिन्छ ।

 

 

 

...........................

(लालबहादुर कुँवर)

    निर्देशक

Published by: BA.LL.B Programme
Published on 2015-10-07

Download Full Text