Prithvi Narayan Campus, Pokhara, Nepal

B.Sc. तह २०७२ को भर्ना सम्बन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, कीर्तिपुरको सूचनाअनुसार बि.एस्सी. तह २०७२ को भर्नाका लागि न्यूनतम योग्यता पुगेका विद्यार्थीहरुबाट तल उल्लेख भएअनुसारको प्रवेश परीक्षाका लागि आवेदन फाराम भरी यस क्याम्पसमा बुझाउन सूचित गरीन्छ ।

 

प्रवेश परीक्षाको कार्यक्रम

  • आवेदन फाराम वितरण: २०७२ भाद्र १६ गतेदेखि
  • प्रवेश परीक्षा शुल्क: फि काउण्टरबाट रु.९००।– को रसिद
  • आवेदन फाराम बुझाउने अन्तिम मिति: २०७२ आश्विन १४ गतेसम्म
  • दोब्बर दस्तुर बुझाई आवेदन फाराम बुझाउने मिति: २०७२ आश्विन २१ गतेसम्म
  • प्रवेश परीक्षा हुने मिति र समय: २०७२ मंसिर ५ गते
  • बायोलोजी समूह तर्फ: बिहान ११:०० बजेदेखि १:०० बजेसम्म
  • फिजिकल समूह तर्फ: दिउँसो २:०० बजेदेखि ४:०० बनेसम्म
  • कक्षा सञ्चालन: २०७२ मंसिर २० गतेदेखि ।

नोट: कक्षा १२ को पूरक परीक्षा दिने विद्यार्थीहरुले यस कार्यक्रममा फाराम भर्न पाउनेछन् तर प्रवेश परीक्षा हुने समयसम्ममा सो तह उत्तिर्ण गरेको प्रमाण पेश गर्नुपर्नेछ ।

 

.............................

नन्दलाल अधिकारी

सहायक क्याम्पस प्रमुख

Published by: Institute of Sc. & Tech
Published on 2015-09-06

Download Full Text