Prithvi Narayan Campus, Pokhara, Nepal

शिक्षकको आवश्यकता

मिति :— २०७९।१२।१९

शिक्षकको आवश्यकता

यस क्याम्पसअन्तर्गत  B.Sc.CSIT कार्यक्रमतर्फ NET Centric Computing (CSC367) र Software Engineering (CSC 364) विषयमा १/१ जना शिक्षकको आवश्यकता भएकोले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्र सहित मिति २०७९ चैत्र २६ गतेभित्र दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु १०००।— (एक हजार मात्र) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रित नपुगेको आवेदन फारम उपर कुनैपनि कारवाही गरिने छैन ।

आवश्यक न्यूनतम योग्यता:— सम्वन्धित विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितिय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ । 

पेश गर्नुपर्ने कागजातहरु:–
– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि ।
– नागरिकताको प्रमाणित प्रतिलिपि ।
– अन्य संस्थामा कार्य गरेको भएमा विभागीय स्वीकृति ।

सम्पर्क मिति:— २०७९ चैत्र २६ गते अपरान्ह ४ बजे ।
अन्तर्वार्ता मिति:— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2023-04-02

Download Full Text