विद्युतीय हाजिरी सम्वन्धी अत्यन्त जरुरी सूचना
त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयबाट च.नं. ३५५९, मिति २०७९।१०।१६ को पत्रद्वारा त्रि.वि.कार्यकारी परिषद्को मिति २०७९।१०।०५ को बैठकको निर्णय नंं १८२३ को निर्णय र त्रि.वि.विद्युतीय हाजिरी व्यवस्थापन सम्वन्धी निर्देशिका, २०७९ आवश्यक कार्यार्थको लागि प्राप्त भएकाले सो को कार्यान्वयको लागि निम्न बमोजिम गर्न गराउनको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. कुनै शिक्षक दुई शिफ्टमा अध्यापन कार्यमा संलग्न भई कक्षाभार पूरा गरेको अवस्था भए रोजेर कुनै शिफ्टमा विद्युतीय हाजिरी गर्नुपर्नेछ ।
२. अतिरिक्त काम गर्ने शिक्षकले अतिरिक्त समयमा काम गरेको प्रत्येक शिफ्टमा विद्युतीय हाजिरी गर्नुपर्नेछ ।
३. विद्युतीय हाजिरी विना अतिरिक्त समय काम गरेको भए भुक्तानी हुने छैन ।
४. हाजिरी मेसिनमा भएको खरावीको कारण कुनै दिन हाजिर गर्न नसकिने अवस्था भएमा त्यस्ता शिक्षक/कर्मचारीहरुको हाजिरी सम्वन्धित निकाय प्रमुख तथा शाखा प्रमुखबाट प्रमाणित गरी राख्नु पर्नेछ ।
५. क्याम्पसले तोके अनुसार विश्वविद्यालयले तोकेको सफ्टवेयरमा अनलाईन कक्षा लिएको अवस्थामा सोही अभिलेखलाई हाजिरी प्रमाणका रुपमा पेश गर्न सकिने छ ।
६. कुनै शिक्षक/कर्मचारीको Finger Pring/Face Reading स्पष्ट नरहेको कारण हाजिरमा समस्या भई क्याम्पसमा निवेदन गरेमा सो को लागि बैकल्पिक व्यवस्था गरिने छ ।
७. २०७९ फागुन १ गतेदेखि हस्तलिखित हाजिरी खारेज भई पूर्ण रुपमा विद्युतीय हाजिरी मात्र लागू हुने छ ।
८. विद्युतीय हाजिरी व्यवस्थापन सम्वन्धी निर्देशिका, २०७९ क्याम्पसका प्रत्येक सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा रहने छ ।
प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख
Published by: Administration
Published on 2023-02-07
Download Full Text